जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ०८:४०

बाँकेमा २१ जनाले कोरोना भाइरसलाई जिते : आज घर फर्कदै


 

काठमाडौँ, जेठ ९ । खजुरा, बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना संक्रमितहरु निको भएर आज डिस्चार्ज हुन लागेका छन् । बाँकेका पहिलो संक्रमित ६० बर्षिय पुरुषसहित २१ जना कोरोना भाइरसबाट मुक्त भएर घर फर्किन लागेका हुन् ।

दोस्रो पटक गरीएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि २० दिनको अस्पताल बसाई पूरा गरेर उनीहरु घर फर्किन लागेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उनिहरुलाई आज शुक्रबार विहान ९ वजे अस्पतालबाट विदाई गरिने अस्पताल कोरोना संक्रमितहरुको उपचारमा संलग्न डाक्टर विनोद डङ्गोलले जानकारी दिनुभयो