जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ११:१८

भारतको अपमान सहन सक्दैन गणतन्त्र नेपाल


नेपालको इतिहासमा प्रधानमन्त्री ओलीको यो कदमलाई शाहसिक र सर्वाधिक प्रशंसनीय कदमको रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीको यो बोल्ड कदमले नेपालमा राष्ट्रवादी जनता र भारत बिरोधी मनोभावनालाई प्रस्ट संबोधन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यो कदमको स्वागत र समर्थन गरेबाट सरकारको यो कदमप्रति एकाध भारतका एजेण्टबाहेक सिंगो मुलुक एक ठाउँमा उभिएको छ ।  यस घटनाबाट सार्बभौम नेपाल अब भारतको कुनै पनि दबाब र अपमान सहन तयार छैन भन्ने कुरा पुष्ठि भएको छ 

छिमेकी मित्रराष्ट्र भारतले सदिऔंदेखि नेपाललाई एउटा असल छिमेकी होइन, अन्तर्गत छिमेकीको ब्यबहार गर्दै आइरहेको छ । पछिल्लो उदाहरण हो, नक्शा प्रकरण पछि भारतीय मिडियाको नेपालप्रति बिषबमन र अपमानजनक प्रस्तुति ।

प्रधानमन्त्री केपी शमौ ओलीले जेष्ठ ५ गते मन्त्रिपरिषद बैठकबाट कालाािनी, लिपुलेक र लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गर्ने निर्णय गरेपछि परिस्थितिले नयाँ मोड लिएको छ । यतिबेला भारतीय मिडिया नेपालबिरुद्ध खनिदै प्रोपोगन्डा वारमा सामेल भएका छन । भुटानबाहेक छिमेकी कसैसंग पनि भारतको सुमधुर र सौहार्द संबन्ध रहेन । नेपालको संबिधानसभाले संबिधान घोषणा गरेपछि उसको संबन्ध नेपालसंग औपचारिक मात्रै रहदै अएको महसुस गर्न सकिन्छ । भारत नेपालमा संबिधान जारी भै राजनीतिक स्थिरता भएको हेर्न चाँहदैन थियो भन्ने आम बुझाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सुविधाजनक बहुमत ल्याएपछि मात्र प्रोटोकल नै नाघेर तत्काल भारतीय विदेश सचिव शुष्मा शुष्मा स्वराज केपी ओली र प्रचण् लाई भेट्न नेपाल नै आएकी हुन । त्यो चाहेर वा आफू अनुकलको परिणाम आएकाले होइन, जनमतको सम्मान गर्नु उसको बाध्यता थियो । नाकाबन्दीको तितो अनुभव बोकेको नेपाल र नेपाली लाई भु परिबेस्ठित हुनबाट जोगाउदै प्रधानमन्त्री केपी ओलीले चीन संग समुन्द्री नाका खोल्ने संझौता गरेपछि भारत भित्रभित्रै नेपाल सरकारसंग क्रुद्ध भैरहेको थियो ।

गत नोभेम्बरमा भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर दिल्लीमा भारतीय नक्शा सार्बजनिक गर्ने कामा गर्‍यो । त्यस बारेमा तत्काल बिरोध जनाउदै नेपालले संवाद गर्न समय माग गरेको थियो । तर भारतले कुनै वास्ता गरेन । उसले त्यो भुमीमा राजा महेन्द्रको अनुमतिमा आज भन्दा ५८ बर्ष अघि सेना राखेको इतिहासले बताउँछ । गत बैशाख २६ गते नेपाली भुमिहुँदै भारतबाट चीनको मानसरोवर जाने ९५ किलोमिटर लामो भारतद्वारा निर्माण गरिएको सडक उद्घाटन गरेपछि नेपालले आफुलाई हेपिएको र भारत द्वारा हस्तक्षेप गरिएको महसुस गर्नु स्वाभाविकै हो । नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्शा सार्बजनिक गर्नुको कारण भारतको हेपाह प्रबृत्ति नै प्रमुख हो ।

राष्ट्रियता,भूअखण्डता र राष्ट्रिय स्वाधिनताको पक्षमा सरकारद्वारा गरिने हरेक निर्णयमा सिंगो मुलुक एक ठाउँमा उभिने छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्बभौमसत्ता र स्वाधीनता कसैको दबाब र अपमान सहदैन । सहन पनि सक्दैन । भारतीय सत्ता र मिडियालाई समयमै चेतना भया !

अहिले नेपाल सरकारले आफ्नो सो क्षेत्र समेटेर नक्शा सार्बजनिक गरेपछि भारत मर्माहत हुन पुग्यो । नेपालको इतिहासमा प्रधानमन्त्री ओलीको यो कदमलाई शाहसिक र सर्वाधिक प्रशंसनीय कदमको रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीको यो बोल्ड कदमले नेपालमा राष्ट्रवादी जनता र भारत बिरोधी मनोभावनालाई प्रस्ट संबोधन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यो कदमको स्वागत र समर्थन गरेबाट सरकारको यो कदमप्रति एकाध भारतका एजेण्टबाहेक सिंगो मुलुक एक ठाउँमा उभिएको छ ।  यस घटनाबाट सार्बभौम नेपाल अब भारतको कुनै पनि दबाब र अपमान सहन तयार छैन भन्ने कुरा पुष्ठि भएको छ ।

आफ्नो गल्ती कमजोरीलाई स्वीकार नगरी भारतले नेपालद्वारा सार्बजनिक गरिएको नक्शा भारतलाइ स्विकार्य छैन भन्ने धारणा सार्बजनिक गरेको छ । भारत भन्छ, ‘नेपालले भर्खर जारी गरेको नयाँ नक्सामा भारतको भू भाग समेटेको छ । यस कार्यको कुनै ऐहिासिक दस्तावेज तथा प्रमाण रहेको छैन। यो दुई देशविचको सिमानाको भूभासम्बन्धी मुद्दा कुटनीतिक तहबाट समाधान गर्ने आधार तय गर्नुपर्छ । यो कृतिम रुपमा भूभाग समेट्ने कार्य भारतलाई स्वीकार हुने छैन ।’ यस विषयलाई लिएर भारतको यथास्थिति नेपाललाई स्पष्ट रुपमा जानकार रहेको छ तसर्थ नेपाल सरकारलाई यो एकतर्फी दावी फिर्ता लिएर भारतको सार्वभौमिकता तथा अखण्डतामा ख्याल गर्न आग्रह गर्दछौं । नेपालको राजनीतिक नेतृत्वले कुटनीतिक माध्यबाट सिमाको विषयमा संवाद गर्ने वातावरण निर्माण गर्नेमा हामी विश्वस्त छौँ । भनेर भारतले नेपाललाई धम्कीको भाषा प्रयोग गरेको छ ।

राष्ट्रियता,भूअखण्डता र राष्ट्रिय स्वाधिनताको पक्षमा सरकारद्वारा गरिने हरेक निर्णयमा सिंगो मुलुक एक ठाउँमा उभिने छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सार्बभौमसत्ता र स्वाधीनता कसैको दबाब र अपमान सहदैन । सहन पनि सक्दैन । भारतीय सत्ता र मिडियालाई समयमै चेतना भया !

(लेखक गिरी पत्रकार एवं राप्रपाका प्रवक्ता हुनुहुन्छ ।)