जनता टाइम्स

१० जेष्ठ २०७७, शनिबार ०९:१५

काठमाडौंलगायत चार जिल्लाका थप ३२ जनामा कोरोना संक्रमित पुष्टि : संक्रमित संख्या ५ सय ४८ पुग्यो


काठमाडौं,  जेठ १० । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।

कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार आज सम्म ७० जना कोरोना निको भएर घर फिर्ता भएका छ भने ३ जनाको उपचारको क्रममा निधन भएको छ ।