जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार ०९:५८

थप १८ जनामा कोरोना संक्रमण‚ संक्रमितको संख्या १ हजार ४ सय ७८ पुग्यो


दैलेख, जेठ १८ । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएका छन्। यससँगै कर्णाली प्रदेशमा मात्र अहिलेसम्म कूल १२३ जनामा कोरोना संक्रमण देखिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले आइतबार बिहान ८ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेशमा १८ जना पुरुषमा संक्रमण देखिएको हो। जुम्लास्थति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नयाँ संक्रमित पुष्टि भएको हो। कर्णाली प्रदेशका कालिकोट र दैलेख गरी दुई जिल्लामा थप १८ संक्रमित देखिएका हुन्। संक्रमितमध्ये सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। कर्णालीमा थप भएका १८ संक्रमितसहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय ७८ पुगेको छ।