जनता टाइम्स

१८ जेष्ठ २०७७, आईतवार १६:३३

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि : १५६७ पुग्यो कुल संक्रमित संख्या, २२० जना उपचारपछि घर फर्किए


काठमाडौं, जेठ १८ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भई कुल संक्रमित १५ सय ६७ जना पुगेको हो ।

मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १५६७ पुगेको जानकारी दिनुभयो । हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएर घर फर्किएका छन । देवकोटाले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदा डिष्चार्ज हुनेको संख्या पनि बढदै गएको बताउनु भयो ।

देवकोटाका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १०४, बागमति प्रदेशका २९, गण्डकी प्रदेशका ३, प्रदेश ५ का ४८, सुदुरपश्चिम प्रदेशका ६ जना उपचारपछि निको भएर घर फर्किएका छन । स्वास्थ्य प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार देशचर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन । जसमा प्रदेश १ का ३५३६, प्रदेश २ का १९९८३, बागमति प्रदेशका २४२३, गण्डकी प्रदेशका ३५१४, प्रदेश ५ का ३५०००, कर्णाल प्रदेशका १९५८९ र सुदुरपश्चिम प्रदेशका २५ हजार जना क्वारेन्टाइनमा हुनुहुन्छ । यस्तै देशभर आइसोलेशन कक्षमा उपचारको क्रममा रहेको संख्या १३४९ रहेको छ ।