जनता टाइम्स

१९ जेष्ठ २०७७, सोमबार ०६:४२

बाँकेकाे अगैयामा फोर्स दुर्घटना: भारतबाट फर्केका ११ को मृत्यु, २२ घाइते


काठमाडौ, जेठ १९ ।  भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्ज बाट दांग तर्फ गईरहेको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन्

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निधन भएको छ ।

बाकि सबै घाईते हरूलाई उक्त दुर्घटना पछी नेपालगञ्जबाट गएका सत्यानी सेवा समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याईपुर्‍याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।  ३३ सवारी (चालक समेत गरि) मध्ये ११ को मृत्यु (१० पुरुषं १ महिला)। बाँकी (२१ पुरुष ं १ महिला) को भेरी अस्पतालमा उपचार हुँदै। ४ जना गम्भीर।