जनता टाइम्स

१९ जेष्ठ २०७७, सोमबार १९:४९

दुई बालबालिकासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि : १८११ पुग्यो संक्रमित संख्या


काठमाडौं, जेठ १९ । दुई बालबालिकासहित थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा आज गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभएको हो । यो संगै एकै दिन २ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।

सहप्रवक्ता अधिकारीले आज साँझ बिज्ञप्ती जारी गरी दुई बालबालिकासहित थप १३ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो । संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् । थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको छ ।