जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार ०८:१२

शंकर पोखरेलको खुलासा : भारतले अतिक्रमण गरेको भूमि फिर्ता अभियान कमजोर पार्न गरिदैछ राष्ट्रपति र सरकारको बदनाम


काठमाडौं, जेठ २० । मुख्यमन्त्री शंकर पोखरेलले केही दिनयता नेपाली मिडियामा राष्ट्रपति र सरकारबिरुद्ध भइरहेको नियोजित आक्रमण भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता अभियानलाई कमजोर बनाउने नियोजित योजना लुकेको खुलासा गर्नुभएको छ । राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद र सरकारमाथि आक्रमण गरेर केही नेपाली मिडियाले भारतको सेवा गरिरहेको संकेत पनि उहाँले गर्नुभएको छ । ‘भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्ने अभियानमा सिंगो राष्ट्र जुट्नेवेला राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन,’ पोखरेलले भन्नुभएको छ ।

यस्तो छ पोखरेलको टिप्पणी

कोरोनाको कहर सुरुहुनुभन्दा पहिलेको नियमित बजेट कार्यक्रममा अन्तरगत खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोनाको संकटसंग जोडेर राष्ट्रपति, मन्त्रिपरिषद र सरकारलाई बदनाम गर्न खोज्नेको नियत वुझ्न सकिन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता गर्ने अभियानमा सिंगो राष्ट्र जुट्नेवेला राष्ट्रिय शक्तिलाई कमजोर बनाउने कुप्रचारलाई कुनै पनि अर्थमा उचित मान्न सकिदैन । कोरोना महामारी विरुद्ध जुध्न खरिद प्रकृयामा नगएका थुप्रै कार्यक्रमलाई सरकारले स्थगित गरेर आवश्यक रकमको जोहो गरेको तथ्यलाई नविर्सौ ।