जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार ०८:३६

अमेरिकामा बढ्यो तनाव : सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा


काठमाडौं, जेठ २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्ने घोषणा गर्नुभएको छ । हिंसात्मक प्रर्दशन जारी रहेपछि राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो । अफ्रिकी मुलका अमेरिकी नागरीक जर्ज फ्लायको प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकमा तनाव जारी छ । उनको मृत्युपछि विरोधमा अमेरिकाभरी प्रर्दशन भइरहेको छ। अमेरिकाको न्युयोर्क, शिकागो, फिलाडेल्फिया र मिनापोलिसलगायतका दर्जनौं शहरमा समेत हिंसा,आगजनी र लुटपाटका घटना भइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले हिंसाग्रस्त क्षेत्रमा हतियारले लैस सेनाका जवान परिचालन गर्ने घोषणा गर्नुभएको हो । हवाईट हाउंसमा बोल्दै ट्रम्पले कानूनलाई सवैभन्दा माथि राख्ने सपथ लिएको भन्दै लूटपाट आफुलाई सैह्य नहुने बताउनु भयो । उहाँले जार्जलाई भने न्याय दिएर छोड्ने तर देश र नागरिकको हितको रक्षा गर्ने दायित्ववाट पछि नहट्ने बताउनु भयो । ट्रम्पले वाशिंगटनमा आईतवार राती जे भयो त्यो निकै गलत भएको बताउनु भयो । दंगा, लुटपाट र निर्दोष नागरीकमाथी हमाला गर्नेमाथि सेनाले नियन्त्रण कायम गर्ने उहाँको भनाई थियो ।

मिनियापोलिसका प्रहरी अधिकारीले उनको घांटी दवाएर हत्या गरेको आरोप परिवारले लगाएका छन् । पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण होमीसाइड या हत्या उल्लेख छ । उनको मृत्युपछि अमेरिकाका ४० भन्दाबढी शहरमा कर्फ्यु लागेको छ । राष्ट्रपति ट्रम्पले हिंसाको लागि वामपंथी कठ्ठरपन्थी जिम्मेवार भएको आरोपसमेत लगाउनु भएको छ ।

घटना के हो ?

२५ मे को सांझ प्रहरीलाई एक ग्रोसरी स्टोरबाट जार्ज फ्लायडले २० डलरको नक्कली नोट दिएको भन्दै फोन आएको थियो । प्रहरीले उनलाई गाडीमा बसाल्ने कोशिश गरिरहेको भिडियो देखिन्थ्यो । जव उनी जमिनमा पल्टिए उनलाई प्रहरीले क्लांस्ट्राफोबिक छन् । प्रहरीले जार्जले रोक्ने कोशिस गरेकोले हत्कडी लगाएको लगाएको बताएको छ । भिडियोमा प्रहरी अधिकारी डेरेक चौविनको घुंडा उनको घांटीमाथी रहेको देखाएको छ । त्यसपछि जार्जले आफुले सास लिन नसकेको भन्दै आफुलाई नर्मान आग्रह गरेको देखिएको छ ।

प्रहरी अधिकारीले उनको घांटीमाथी ८ मिनेट ४६ सेकेण्ड घुंडा राखेको अनुसन्धानवाट खुलेको छ । चौविनले घुंडा हटाउनुभन्दा दुई मिनेट पहिले अन्य प्रहरी अधिकारीले पल्स चेक गरेपछि पल्स चलेको थिएन् । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । त्यसको एक घण्टापछि उनको मृत्यु भएको घोषणा गरिएको थियो ।