जनता टाइम्स

२० जेष्ठ २०७७, मंगलवार १०:२९

मध्यराती होटलबाट समातिए अर्वपति ब्यापारी, यस्तो छ कारण


काठमाडौं, जेठ २० । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका सदस्यहरु पक्राउ परेका छन । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेको अवस्थामा झण्डै एक दर्जन ब्यापारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जुवा खालबाट पक्राउ पर्नेमा रामचन्द्र सांघाइ, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलगायत रहेका छन ।

पक्राउ परेकामध्ये निक्की होटल सञ्चालक हुन् । प्रहरीले उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको जानकारी दिएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको पाइएको प्रहरीले जनाएको छ ।