जनता टाइम्स

२२ जेष्ठ २०७७, बिहीबार १७:११

पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि : २६३४ पुग्यो संक्रमितको संख्या


काठमाडौं, जेठ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकाश देवकोटाले पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

यससँगै कुल संक्रमितको संख्या २६ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिनुभएको जानकारीअनुसार दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये १०८ जना नारायण नगरपालिका र ७ जना नौमुले नगरपालिकाको क्वारेन्टाइनमा छन् ।

यस्तै रौतहटमा ६५ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये इशनाथ नगरपालिकाका ४६, गुजराका ८, गढीमाईका ७ जना छन् भने चन्ऽपुर माधवनरायण र फतुवा विजयपुर नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका एकएक जना छन् । उनीहरु सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् । यससँगै नेपालमा संक्रमितको संख्या २६ सय ३४ पुगेको हो । संक्रमितमध्ये आजसम्म १० जनाको मृत्यु भएको छ भने २९० जना उपचारपछि कोरोना मुक्त भएका छन् ।