जनता टाइम्स

२३ जेष्ठ २०७७, शुक्रबार ११:५६

होटल क्वारेन्टाइनका लागि साढे १६ हजार कोठा तयार : २ हजारदेखि ८ हजारसम्म भाडा


काठमाडौँ, जेठ २३

विभिन्न देशबाट उद्धार गरि ल्याइने नेपालीलाई पाँच स्थानमा क्वारेन्टाइन बनाएर राखिने भएको छ । त्यसका लागि उपत्यका बाहिरका पाँच स्थानमा साढे १६ हजार कोठा तयार पारिएको छ ।

आफ्नो खर्चमा होटलमा बस्न चाहानेले तोकिएको पाँचस्थानमा तोकिएको दररेट अनुसार रकम तिरेर बस्न सक्ने भएका छन् । रकम तिर्न नसक्नेले भने सरकारले नै खानाबस्नको खर्च गर्ने भएको छ । पहिलो चरणमा आउन लागेका नेपालीहरुका लागि होटलमा बस्न चाहनेका हकमा विभिन्न पाँच स्थान तोकेर त्यहाँका होटलहरुको व्यवस्था गरिएको छ।

सरकारले होटलमा बस्न चाहनेहरुका लागि नगरकोट, धुलिखेल, पोखरा, चितवन र भैरहवाका होटलमा शशुल्क क्वारेन्टाइनको व्यवस्थापन गरेको छ । होटेल एसोसिएसन अफ नेपालका अनुसार पोखरामा तीन हजार, चीतवनमा ५५ सय, भैरहवामा ४ हजार र धुलिखेल र नगरकोटमा गरी चार हजार कोठामा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।

ति होटलहरु टुरिष्ट स्टा्यान्डरदेखी चार तारेसम्म रहेका छन् । जहा सिंगलको तीन हजार देखी ८ हजारसम्म र डबल रुमको २ हजारदेखी ५५ सयसम्मको रहेको छ ।