जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार ०९:२२

प्रदेशमा गण्डकी थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि : आइसोलेसनमा लैजाने तयारी


काठमाडौं,  जेठ २४ । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ थपएिकामा स्याङ्जाको वालिङ नगरपालिका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाउँपालिकाका घर भइ पालिकाकै क्वरेन्टीनमा बस्दै आएका २ जना छन् ।

सङ्क्रमण पुष्टि हुनेहरुमा वालिङका १६, १९,२३,२५,३२,४४,५२ र ५४ वर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र १७ वर्ष उमेरका पुरुषहरु रहेकाछन् । यसैगरी कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपरासी सुस्ता पूर्वको बिनयत्रिबेणी गाउँपालिकाका १८,१९ र २७ वर्षका पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ५९ वर्षका पुरुष रहेकाछन् ।

सङ्क्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । योसहित गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ७५ पुगेको छ । ३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।