जनता टाइम्स

२४ जेष्ठ २०७७, शनिबार ११:५५

तीन लाख घुससहित रंगेहात समातिए कांग्रेस नेता


बुटवल, जेठ २४ । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ७ स्थित बल्ढेङगढीका वडा अध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिनेक्रममा वडाध्यक्ष पुनलाई आज बिहान अख्तियार दुरुपयोग अअनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा अख्तियार कार्यालय बुटवलको टोलीले पुनलाई पक्राउ गरेको हो । पुन नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले दिनुभएको जानकारी अनुसार अख्तियारको टोलीले पुनलाई नियन्त्रणमा लिएसंगै तीन लाख रकम पनि बरामद गरेको छ ।