जनता टाइम्स

२७ जेष्ठ २०७७, मंगलवार १६:४२

संसदमा संविधान संशोधन विधेयकमाथि छलफल सुरू


काठमाडौं, जेठ २७ । संविधान संशोधनबारे दर्ता भएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरू भएको छ। आजको बैठकमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्ने विधेयकमाथि छलफल भएको हो।

कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले आजको प्रतिनिधिसभा बैठकमा नेपालको संबिधान (दोस्रो संशोधन बिद्येयक २०७७) माथि बिचार गरियास भन्ने प्रस्ताव पेश गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयकमाथि सामान्य छलफल प्रारम्भ भएको जानकारी दिनुभयो । बिद्येयकमाथि सैद्धान्तिक छलफल जारी रहेको छ । सांसदहरुलाई बोल्न तीन मिनेटको समय निर्धारण गरिएको छ ।