जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १३:३५

सांसदको प्रश्नमा प्रधानमन्त्री ओलीको दमदार जवाफ : नेपाली भूमि फिर्तादेखि गणतन्त्रबिरोधीको षडयन्त्र उजागरसम्म (भिडियोसहित)


काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुको प्रश्नको जवाफसँगै नेपालमा केही समययता भइरहेको गम्भीर षडयन्त्रको उजागर गर्नुभएको छ । भारतले लामो समयदेखि अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूमि फिर्ता ल्याउने अडानमा सरकार अतिकत्ति पनि बिचलित नहुने अडानदेखि राष्ट्रपतिमाथि भइरहेको लाञ्छनाको बिषयमा प्रधानमन्त्री ओलीले तथ्यसहितको जवाफ दिनुभयो ।

यी हुन प्रधानमन्त्रीका सात जवाफ

१. कालापानी, लिपुलेक लिम्पियाधुरा नेपालको भूमि हो, तथ्य प्रमाणले त्यो भूमि हाम्रो प्रष्ट छ, भारतले हाम्रो भूमि फिर्ता गर्नुपर्छ, समस्याको समाधान भनेको भारतले हाम्रो भूमि फिर्ता गर्नु नै हो । यसका लागि हामी कुटनीतिक ढंगले बार्ता गर्छौं । सुस्ता कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो भारतले हडपिएको भूमि होइन । त्यहाँ ज्याद्धती भएको छ तर हाम्रो भूमि नक्समै राखेर, सेना नै राखेर बसेको छैन ।

२. एमसिसी अघिल्लो सरकारले गरेको संझौंता हो । जवसम्म अन्यथा निर्णय हुँदैन, अघिल्लो सरकारले गरेको कामको बैधतामाथि प्रश्न उठे पनि पछिल्लो सरकारले पालना गर्छ, सुधारको प्रयाश पनि गर्छ तर जवसम्म बदलिदैन, अघिल्लो सरकारले गरेको कुरा सदर नै हुन्छ । मैले अबिछिन्न उत्तराधिकार भनेको हामीले पालना पनि गरेका हुन्छौं, प्रश्न पनि उठाएका हुन्छौं । १९५० को सन्धी हामीले पालना गरेका पनि छौं, तर हाम्रो हितमा नभएकोले स्वीकार गरेको पनि छैनौं, सुधारको लागि निरन्तर लागिरहेका छौं । त्यसकारण अघिल्लो सरकारले गरेको सवै मान्नुपर्छ भन्ने छैन तर नबलिँदासम्म त मान्नैपर्छ ।

३. भारतका एक जना मुख्यमन्त्री योगी आदित्यनाथले जे बोल्नु भएको भनेर आएको छ, उहाँले त्यस्तो बोल्नु भएको हो भने त्यो जायज होइन । नेपाललाई उहाँले धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन, उहाँको बोलाई उहाँ केन्द्रीय सरकारको निणाएयक ब्यक्ति पनि नभएको र मुख्यमन्त्रीको हिसावले त्यसरी बोल्नु हुँदेन थियो । बोल्नुभएको हो र नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय बिषय हो, यस कुरालाई हामी नेपालमाथिको हेपाइको रुपमा बुझ्छौं । र नेपाल हेपिन्न, हेपिएर बस्दैन भन्ने कुरा योगीजीलाई स्मरण गर्छु ।

४. नेपालमा एकाध केही मिडिया र मानिसहरु राम्रो कुरा भनेको गर्न नजान्ने, नगर्ने र नराम्रो कुरा मात्रै जान्ने कुरालाई धर्म ठान्ने देखिराको छु । खरिद नगर्दा पनि भएन, खरिद गर्नसाथ भ्रष्टाचारबाहेक केही नदेख्ने, केही उदेश्यमुलक ढंगले लाग्ने काम भइरहेको छ । गणतन्त्रको बिरुद्धमा नियोजित काम भइरहेको छ । गणतन्त्रको बिरोध सिधै गर्दा भयो नि, तर नगर्ने । गणतन्त्रको बिरोध सिधै नगर्ने तर घुमाएर राष्ट्रपतिमाथि बिरोध गर्ने ? राष्ट्रपति, प्रधानमन्त्रीलाई थाह हुन्छ ? केमा कार्पेट राख्ने, कहाँ दुवो रोप्ने ? कहाँबाट खरिद गर्ने भन्ने कुरा ? यी सव कामका लागि राज्यले तोकेको हुन्छ । तिनैले गर्छन । यी कुरामा पनि राष्टपतिमाथि नै यसरी खनिनु त उचित भएन । जे मा पनि राष्ट्रपतिको बिरोध गर्ने कुरा कसरी जायज हुन्छ । राष्ट्रपति कार्यकारी होइन, जवाफ पनि दिदैन तर राष्ट्रपतिको बिरुद्ध लगातार, अनवरत आक्रमणको तारो बनाइछ ।

५. राष्ट्रपतिमाथिको अनवरत आक्रमण गणतन्त्रबिरुद्धमा एउटा साजिस हो । गणतान्त्रिक ब्यवस्थाबिरुद्धको आक्रमण हो । गणतन्त्रकोबिरुद्धमा केन्द्रित र लक्षित हो राष्ट्रपतिमाथि भइरहेको आक्रमण र दुश्प्रचार ।

६. यो अलिक जायज प्रश्न भयो र ? मैलेबाहेक अरुले देशको बिषयमा जवाफ नै दिन सक्दैनन भन्ने कुरा म बाहेक अरु सवै बिदेसी कै आग्रहमा चल्छन भन्ने मान्यता नराखौं कि । ममा मात्रै होइन, अरुमा पनि देशभक्ति छ । यस प्रकारको प्रश्न वा आशंका गर्नु राम्रो हुँदैन । प्रश्न सोध्न पाइन्छ भनेर जे पनि भन्नु त भएन नि

७. जे राष्ट्रको हितमा छ, जे हुन्छ, त्यसमा जानीबुझीकन सरकार अघि बढछ । कुनै आग्रह वा पूर्वाग्रहबस होइन, अध्ययन गरेर हेरेर निश्कर्षमा पुग्छ र त्यसमा दृढताका साथ उभिन्छ । लहैलहैमा लागेर सरकार यताउता गर्दैन ।