न्युयोर्क, जेठ ३० । अमेरिकी स्वास्थ्य अधिकारीहरुले कोरोना संक्रमणको बेला यौन सम्पर्क गर्दा मास्क लगाउन सुझाव दिएका छन । न्युयोर्क टाइम्सले यौन सम्पर्कको क्रममा कोरोना भाइरस नसर्ने तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको रिपोर्ट सार्वजनिक गरेलगत्तै अमेरिकाको न्युयोर्कमा कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने भन्दै आफ्नो ‘गाइडलाइन’ अपडेट गरेको हो ।
‘यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको छ’, न्युयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ। न्युयोर्कका स्वास्थ्य अधिकारीहरुले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहने बताएका थिए । पछिल्लो समय गाइडलाइन अपडेट गर्दै उनीहरुले टाढा रहेका जोडीहरुलाई लामो समयपछि भेट्ने क्रममा मास्क लगाएर मात्रै यौन सम्पर्क गर्न सुझाव दिएका हुन् ।
यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्न सक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको बताइन्छ । ‘अनुहार छोप्ने मास्क लगाउनू, यौन सम्पर्कको अवधिमा नाक, मुख छोप्नु वा मास्क लगाउनु उचित हुन्छ । यद्यपि यो तपाईँको व्यक्तिगत कुरा हो,’ अपडेट गरिएको गाइडलाइनमा भनिएको छ ।
यौन सम्पर्कको अवधिमा लामो स्वास फेर्दा वा अंकमाल गर्दा कोरोना भाइरस सर्नसक्ने भन्दै न्युयोर्कका स्वास्थ्यकर्मीहरुले गाइडलाइन मार्फत सुझाव दिएका हुन् । यस्तै महामारीका बेला यौन सम्पर्कको बेला यौन सम्पर्कमा पनि सिर्जनात्मक हुन गाइडलाइनले सुझाव दिएको छ ।
गत महिना इंग्ल्याण्डमा रात काट्ने गरी बाहिर जानु र अरुसँग यौन सम्पर्क गर्न नपाइने भन्दै कानून नै लागू गरेको थियो । यसअघि अमेरिकाको न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार यौन सम्पर्कको क्रममा कोरोना भाइरस सर्दैन । तर चुम्बन गर्दा सर्नसक्ने तथ्य पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्