जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १५:३६

सभामुख सापकोटाको एक्शनपछि रिसाएर संसदबाट बाहिरिइन सांसद सरिता गिरी


काठमाडौं, जेठ ३१ । सभामुख अग्नि सापकोटाले नेपालको बिरुद्धमा दर्ता गरिएको संबिधान संशोधन बिद्येयकबिरुद्धको प्रस्ताव खारेज गर्नुभएपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिनु भएको छ । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै सांसद गिरी संसद बैठकबाट बाहिरिनु भएको हो ।

बाहिरिने क्रममा सांसद गिरीले आफूले आत्महत्या गर्न नसकेको प्रतिक्रिया दिनुभएको छ । नेपालको बिरुद्धमा र भारतको पक्षमा खुलेयाम उभिनुभएकी गिरीले दिनुभएको यो प्रतिक्रियालाई भारतबिरुद्ध लागेर माइतीको अपमान गर्न नचाहेको र आफू नेपालको संसद रहे पनि सधै भारतकै पक्षमा उभिने घोषणाका रुपमा लिइएको छ ।

संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसान छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराउनु भएकी गिरीले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गर्नुभएको थियो । तर सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख सापकोटाले खारेज गरेको निर्णय सुनाउनु भएको थियो । सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको सांसद गिरीको आरोप छ ।