जनता टाइम्स

३१ जेष्ठ २०७७, शनिबार १५:४९

सरकारलाई धन्यवाद, अव सम्पुर्ण सिमानालाई सुरक्षित गर्नेतर्फ पनि सोच्नुपर्छ : भीम रावल


काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद भीम रावलले अव भारतसँग कायम रहेको सम्पुर्ण सिमानाको मुद्दा टुंग्याउनु पर्ने बेला आएको बताउनु भएको छ ।

संबिधान संशोधन बिद्येयकको बिषयमा आफ्नो धारणा राख्दै पूर्वगृहमन्त्री समेत रहनुभएका नेता रावलले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा कायम गर्ने काम ऐतिहासिक रहेको बताउनुभयो । नेपाली भूमि फिर्ता ल्याउन सिंगो राष्ट्र एक भएकोले अव सवै सीमा समस्या समाधान गरी समस्यारहित सम्बन्ध कायम गर्नेतर्फ सवैले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली भुमि रक्षाको लागि सरकारले चालेको कदमप्रति धन्यवाद दिनुभयो ।