जनता टाइम्स

३२ जेष्ठ २०७७, आईतवार १२:१३

पर्वत पहिरो अपडेट : आठ जनाको शव भेटियो, एक अझै वेपत्ता


पर्वत, जेठ ३२

कुस्मा नगरपालिका–३ दुर्लुङमा शनिवार राति पहिरोले घर पुरिँदा बेपत्ता भएका मध्ये आठ जनाको शव भेटिएको छ । पहिरोमा परि हराईरहेका एक जनाको खोजीकार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार शनिवार राति ५२ वर्षीय मीनकुमारी थापा र उनकी नातिनी ८ वर्षीया बिबिसा थापाको शव भेटिएको थियो । आइतबार बिहान थप ६ जनाको शव भेटिएको छ ।

आइतबार बिहान फेला परेकाहरूमा ३२ वर्षीया कमला बिक तथा उनकी छोरी ८ वर्षीया प्रमिशा बिक, ३० वर्षीया दिपा थापा, ५२ वर्षीय तुलबहादुर थापा, १४ वर्षीय सम्राट थापा र १७ वर्षीय विवेक थापा रहेका छन् । घरसँगै पुरिएका १६ वर्षीय जेनिस बिक भने अझैसम्म पनि फेला परेका छैनन् । बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पहिरो गएलगत्तैबाट उद्धारको काम सुरु गरेका थिए ।