जनता टाइम्स

९ जेष्ठ २०७६, बिहीबार १०:०७

रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेग्मी पक्राउ, अभद्र व्यवहारमा मुद्दा दर्ता


चितवन, जेठ ९

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । जेठ ३ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत गोन्द्राङमा रहेको सडक बोर्डको कर सङ्कलन केन्द्रमा आगलागीमा संलग्न भएको भन्दै रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अध्यक्ष रेग्मीलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । रेग्मीसहित प्रदेशसभा सदस्य कृष्ण खनालको टोलीले सङ्कलन केन्द्रमा तोडफोडसहित आगजनी गरेका आरोपमा फरार रहेका रेग्मीलाई बुधबार साँझ रत्ननगरबाट पक्राउ गरेको हो । फरार रहेका अन्यको खोजीकार्य जारी रहेको प्रनाउ रेग्मीले बताउनुभयो । आगलागीका क्रममा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।