जनता टाइम्स

१ असार २०७७, सोमबार १२:१२

चीनद्वारा मुस्ताङका दुई गाँउपालिकालाई खाद्यान्न सहयोग


मुस्ताङ, असार १

चीनले नेपालको मुस्ताङ जिल्लाका दुई गाउँपालिकालाई खाद्यान्य सहयोग प्रदान गरेको छ । चिनसँग सीमा जोडिएको हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो घेकर दामोदरकुण्ड गाउँपालिकालाई खाद्यान्य सहयोग गरेको हो ।

नेचुङ्ग भन्सारमा चीन सरकारले प्रदान गरेको राहत स्थानीयवासीले त्यही पुगेर लिएका छन् । चामल, मैदा, औषधि, गहुँलगायत खाद्यान्न सामग्री सीमा जोडिएको गाउँपालिकालाई चीनले हरेक वर्ष प्रदान गर्दै आएको छ ।