जनता टाइम्स

३ असार २०७७, बुधबार १२:२१

चीनको झोम्बा काउन्टीद्वारा स्वास्थ्य सामग्री प्रदान


मुस्ताङ, असार ३

चीनको स्वशासित क्षेत्र तिब्बत झोम्बा काउन्टीले नेपाललाई स्वास्थ सामग्री प्रदान गरेको छ । काउन्टीले मुस्ताङ जिल्लालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

काउन्टीले मंगलबार नेचुङ्गस्थित सशस्त्र प्रहरी बलको बिओपीलाई दोस्रो पटक जेनेरेटरलगायत सामग्री पनि उपलब्ध गराएको छ । यसअघि चीनले दुई गाउँपालिकालाई खाद्यान्य सहयोग पनि प्रदान गरेको थियो ।