जनता टाइम्स

६ असार २०७७, शनिबार १५:४१

घरमै मृत्यु भएका ६९ वर्षिय पुरुषमा कोरोना पुष्टि


गुल्मी, असार ६

भारतबाट आएर होम क्वारेन्टाइनमा बिहीबार राती मृत्यु भएका ६९ बर्षिय पुरुषमा कोरोना देखिएको छ । जेठ २५ गते भारतबाट आएका छत्रकोट गाउँपालिका वडा नं ५ का ६९ बर्षिय पूरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो । पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उहाँलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । गुल्मीमा यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षिय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको थियो ।