वीरगन्ज, असार ८
वीरगन्जको गण्डकस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत डेढवर्षका बालकसहित ११ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । दुईबालकसहित ११ जनालाई सोमबार डिस्चार्ज गरिएको हो ।
डेढ र ३ वर्षका २ बालक र उनकी आमासहित ११ जनालाई डिस्चार्ज गरी घर पठाइएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो । डिस्चार्ज हुनेहरुमाा पर्साको सखुवा प्रसौनी गाँउपालिका– २ गुलरीयाका डेढ र ३ वर्षका २ बालक र उनीहरुकी आमा गरी ३ जना, जगरनाथपुर गाँउपालिका– ६ का ८ जना पनि डिस्चार्ज भएका हुन् । त्यसैगरी गुलरीयाका ३ जना आमा छोरा रहेको डाक्टर सिंहले जानकारी दिनुभयो ।
भारतबाट फर्किएर गाँउको क्वारेन्टाइनमा बसेका सखुवा प्रसौनी गाँउपालिकाको गुलरीयाका एक महिला र उनका २ छोरामा जेठ २५ गते र जगरनाथपलिकाको ८ जनामा भने जेठ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा अब ३२ जना मात्रै संक्रमित उपचाररत छन् ।













प्रतिक्रिया दिनुहोस्