गण्डकीसमाचारसमाज

सांसद दीपक मनाङेले दिए समितिबाट राजीनामा

  •  
  •  
  •  
  •  

पोखरा, असार ८ । मनाङबाट निर्वाचित सांसद दीपक मनाङे अर्थात राजीव गुरुङले गण्डकी प्रदेशसभाको समितिबाट राजीनामा दिनुभएको छ । प्रदेश सभाको अर्थ तथा विकास समितिको सदस्यबाट उहाँले आज राजीनामा दिनुभएको हो ।

समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको गुरुङले बताउनु भयो । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाज मात्र लाग्यो,’ गुरुङले भन्नुभयो ।

Comment here