जनता टाइम्स

१२ असार २०७७, शुक्रबार ११:१६

मोरङमा स्कारपिओको ठक्करबाट ३ जनाको मृत्यु


मोरङ, असार १२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओले हिँडिरहेकी पैदल यात्री महिलालाई ठक्कर दिएको थियो । ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि अनियन्त्रित बनेको स्कोरपिओले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाईकल चालक पाँचथर फिदिम १० का गजेन्द्र कुमार गुरुङ र झापाका बुधबारेका लोकेन्द्र लिम्बु मृत्यु भएको छ । पैदल यात्री एक महिलाको नाम खुल्न नसकेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । स्कोरपिओका धनीसमेत रहेका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।