जनता टाइम्स

१६ असार २०७७, मंगलवार १३:५५

तिज गित ‘बारीको पाटामा’ रेस्लर जुरेली, एलिना र ओम सुनार


काठमाडौं, असार १६

हरितालिका तीजको अवसरमा गायक/संगीतकार ओम सुनारले “बारीको पाटामा” बोलको गित बजारमा ल्याउनुहुने भएको छ । ‘बारीको पाटामा’ को शूटिंग असार १५ गते नै सक्किएको र अब बजारमा चाँडै आउने भएको सुनारले बताउनुभयो । नेपाली महिला रेस्लर एवम् कलाकार अस्मिता जुरेली, रिया श्रेष्ठ, ओम सुनार, एलिना चौहानका साथै बाल कलाकार बिकाश नेपाली र लक्ष्मी नारायण सुनारको अभिनय रहेकोछ ।

उक्त गितमा स्वोर एलिना चौहान र ओम सुनारको छ भने गीतमा संगीत संयोजन पनि स्वोयम सुनारकै रहेको छ । नवराज कलौनीको शब्द रहेको उक्त गितको म्युजिक भिडियोको निर्देशन बिच्चल किराँतीले गरका छन् । दर्शकलार्इ पूर्ण मनोरंजन दिने उदेश्यका साथ टिमका सबैले आफ्नो तर्फबाट मेहेनत गरेको रेस्लर अस्मिताले बताउनुभयो ।