जनता टाइम्स

१८ असार २०७७, बिहीबार १७:००

आयो तिज गीत ‘बारीको पाटामा’ (भिडियोसहित)


काठमाडौं, असार १८

हरितालिका तिजको अवसरमा गायक/संगीतकार ओम सुनारले ‘बारीको पाटामा’ गीत बजारमा ल्याउनुभएको छ । भर्खरै सुनारकै युट्युव च्यानलमार्फत ‘बारीको पाटामा’ स्रोतासामू ल्याउनुभएको हो । भिडियोमा चर्चित नेपाली महिला रेस्लर एवम् कलाकार अस्मिता सुनार ‘जुरेली’, गायिका एलिना चौहान र रिया श्रेष्ठले अभिनय गर्नुभएको छ । ओमको आफ्नै अभिनय रहेको भिडियोमा बाल कलाकार विकाश नेपाली र लक्ष्मी नारायण सुनार पनि रहेका छन् ।

उक्त गितमा स्वोर चौहान र ओमको छ भने गीतमा संगीत संयोजन पनि ओमकै रहेको छ । नवराज कलौनीको शब्द रहेको उक्त तिज गीतको म्युजिक भिडियोको निर्देशन बिच्चल किराँतीले गर्नुभएको हो । अरु भन्दा अलि फरक अनि रमाइलो गर्ने उदेश्यका साथ बारीको पाटामा बजारमा ल्याइएको ओमले बताउनुभयो ।