जनता टाइम्स

२२ असार २०७७, सोमबार १५:२१

हिट हुँदै काउली बुढीको तीज ब्याटल गीत ‘बालै फरर’ (भिडियो सहित)


काठमाडौं, असार २२

नेपाली महिलाहरुको महानपर्व हरितालिका तीज नजिकिँदै गर्दा काउली बढी (सन्ध्या बुढा) ले गित निकाल्नुभएको छ । कोरोना महामारी र बन्दाबन्दीको समयमा पनि नेपाली सांगीतिक बजारमा चहलपहल बढेसँगै कलाकारहरु तीज गीत रेकर्डिङ र सुटिङमा दौडधुप गरिरहेका छन् । करिब ३ महिना थला परेको सांगीतिक बजारमा पछिल्लो दुई साता यता १ दर्जन बढी नयाँ तीज गीत डिजिटल बजारमा आइसकेको छ । चर्चित लोक दोहोरी गायक र गायिका सन्ध्या बुढाको ‘बालै फरर’ नामक तीज गीत बजारमा आएको छ।

चर्चित गायक मोहन खड्काको लय तथा चर्चित सर्जक नेत्र अर्यालको शब्द तथा बिशाल निरौलाको एरेंजमा सन्ध्या बुढा र मोहन खड्काको आवाजमा गीत बालै फरर सार्वजनिक भएको हो । चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन, कारण चैसिरको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको गीतमा चर्चित कलाकार रामचन्द्र अधिकारी, ओबी रायमाझी, सन्ध्या बुढा र प्रकाश सापकोटाको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो