जनता टाइम्स

२८ असार २०७७, आईतवार १५:३०

अवैध मिर्गौला प्रत्यारोपण प्रकरण ललितपुर–३ का वडाध्यक्ष पक्राउ


ललितपुर, असार २८

अवैध मिर्गौला प्रत्यारोपणका विषयमा प्रहरीले ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले शनिबार साँझ वडाध्यक्ष महर्जनलाई पक्राउ गरेको हो ।

चितवनमा एक वर्ष अघि भएको मिर्गौला प्रत्यारोपण अवैध भएको ठहर गर्दै त्यहाका चिकित्सकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीसँगै कलेज अफ मेडिकल साइन्स चितवनका डाक्टर, कानुनी सल्लाहकारसमेत पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार महर्जनलाई शनिबार साँझ पक्राउ गरिएको हो । मिर्गौला प्रत्योरोपण गर्दा झुटो नाता प्रमाण गरिदिएको आरोप वडाध्यक्ष महर्जनमाथि लागेको छ । केही समय पहिला ललितपुरका एक व्यक्तिले चितवनमा मिर्गौला प्रत्योरोपण गरेका थिए । सोही घटनामा महर्जनको संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।