जनता टाइम्स

२९ असार २०७७, सोमबार १६:४५

कोहलपुर नगरपालिका कर्णाली प्रदेशमा मिसिने


बुटवल, असार २९

बाँकेको कोहलपुर नगरपालिका कर्णाली प्रदेशमा मिसिने भएको छ । नगरपालिकाको नगरसभाले सर्वसम्मत रुपमा कर्णाली प्रदेशमा मिसिने निर्णय गरेको मेयर लुटबहादुर रावतले बताउनुभयो । पालिकाका जनताहरुको माग अनुसार नै आफूहरुले नगरलाई कर्णाली प्रदेशमा लगिएको मेयर रावतले जनाउनुभयो ।

कर्णाली प्रदेश नजिक भएकाले आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक सम्बन्ध प्रदेश ५ संग भन्दा सुर्खेतमा मिल्ने हुँदा आफूहरुले यस्तो निर्णय गरेको बताउनुभयो ।