जनता टाइम्स

३० असार २०७७, मंगलवार ०५:५३

दलित समुदायबाट पहिलो पटक सचिवमा बढुवा


काठमाडौं, असार ३० । सरकारले सहसचिव डा.मानबहादुर बिकेलाई सचिवमा बढुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव बिकेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा हुनुभएका सहसचिव बिके युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत हुनुहुन्छ । उहाँ सो मन्त्रालयको पवक्ताको रुपमा कार्यरत हुनुहुन्छ ।

डा. बिके दलित समुदायबाट नेपाल सरकारको सचिवमा बढुवा हुने पहिलो ब्यक्ति हुनुहुन्छ । मन्त्रिपरिषदले सचिवमा बढुवा गरेसँगै बिके आफ्नो समुदायको नयाँ इतिहास रच्न सफल हुनुभएको छ । उहाँ इमान्दार प्रशासक र बिभिन्न बिषयका बिज्ञका रुपमा परिचित हुनुुहुन्छ ।