काठमाडौं, असार ३१
जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलबार सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिइरहेको अवस्थामा कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार श्रेष्ठले निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस–रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा उनलाई पक्राउ गरिएको बताउनु भयो । दिक्तेल रुपाकोट मझुवागढी न.पा.–१ स्थित वेसक्याम्प भित्र रहेको उनकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उहाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्