जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार ०६:२४

केपी ओली हटाउने भारतको मिसनमा नेकपाकै नेताहरु मिसिएको देख्दा चकित छु : रमेश पौडेल


काठमाडौं, साउन २ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सहसंयोजक रमेश पौडेलले पार्टी एकता गर्दाको जग भत्काएर पार्टी नै बिभाजनको खेलमा लागेको भन्दै कडा आपत्ति जनाउनु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निवास खुमलटारमा भएको गुटको भेलाले सके अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने नसके पार्टी नै बिभाजन गर्ने गरी अघि बढने निश्कर्ष निकालेपछि पौडेलले यस्तो आपत्ति जनाउनु भएको हो ।

खुमलटार भेलाको बिषय पनि मुलभुत रुपमा केपी ओलीका बिरुद्ध योजना बनाउनै केन्द्रीत भएको बुझियो । ईन्डिया कम्मर कसेर नेपाल र केपी ओलीबिरुद्ध लागेका बेला कमरेडहरु किन तपाईंहरु स्वरमा स्वर मिलाएर त्यो अभियानको अगुवाइ गरिरहनु भएको छ ? पौडेलले प्रश्न गर्नुभएको छ ।

यस्तो छ पौडेलको भनाई

यो पार्टी दुई अध्यक्षहरुले एकता गरेको हो । एकताले पुर्णता पाएको छैन । यहीँ बिचमा देश विदेशको मिश्रित अभियान नै बनेको छ केपी शर्मा ओलीलाई सरकारबाट हटाउने । खुमलटार भेलाको आजको बिषय पनि मुलभुत रुपमा केपी ओलीका बिरुद्ध योजना बनाउनै केन्द्रीत भएको बुझियो । ईन्डिया कम्मर कसेर नेपाल र केपी ओलीबिरुद्ध लागेका बेला कमरेडहरु किन तपाईंहरु स्वरमा स्वर मिलाएर त्यो अभियानको अगुवाइ गरिरहनु भएको छ ? हामी बुझ्छौं-लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा यो सरकारले छापेपछि, नागरिकता विधेयक ल्याएपछि, चीनसंग व्यापार तथा पारवहन सन्धी गरेपछि, विकास र सम्वृद्दीका अभियान अगाडि ल्याएपछि, अयोध्याय र राम पनि नेपालकै भनेर प्रज्ञीक वहस र अनुसन्धानको कुरा अगाडि आएपछि ईन्डिया पुरै अतालिएर आफ्ना गतिविधि गरिरहेको छ । र, केपी ओली हटाउने मिसन बनाएको छ । उसले केही गर्दा नि सरकारबाट केपीलाई हटाउन नसके उस्को पार्टी भए पनि फुटाउने र केपीलाई कमजोर बनाउने सिध्याउने र भारतसंग आँखामा-आँखा जुधाएर बोलेमा के गर्छ ईन्डियाले भनेर सन्देश दिन खोज्दै छ । यही मिसनमा मेरा पार्टीका नेताहरु समेत मिसिएको देख्दा म त छक्क र चकित छु ।