जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार ११:२३

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि सर्यो, दुई अध्यक्ष छलफलमा


काठमाडौं, साउन २

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद मिलाउन दुई अध्यक्ष छलफलमा जुट्नु भएको छ । स्थायी कमिटी बैठक ३ बजेसम्म सारेर प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुट्नु भएको हो ।

आज बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । नेकपामा देखिएको आन्तरिक कलह मिलाउन बिहीबार प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपनि सहमति बनेको थिएन । आज विहान भने अध्यक्षद्वयमात्र छलफलमा जुटेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले आफु दुवै पदबाट राजिनामा नदिने र हटाउनै पर्ने भए विधिअनुसार हटाउन विपक्षी गुटलाई चुनौती दिएको एक नेताले जानकारी दिनु भएको छ । प्रधानमन्त्री ओलीको स्पष्ट कुरा आएपछि अर्को खेममा दवावमा रहेको छ । स्थायी कमिटीका सदस्य मध्ये अधिकाशं दुवै पक्षमा नखुलेका कारण प्रचण्ड–नेपाल पक्ष हच्किएका छन् ।

अध्यक्षद्वयले कसरी पार्टीलाई एकताबद्ध भएर लैजाने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले मंसिर ४ गते सहमति अनुसार पार्टी संञ्चालन गर्न प्रचण्डलाई आग्रह गर्दै आउनु भएको छ । तर, नेपाल गुटसँग सम्बन्ध गास्नु भएका प्रचण्ड एकल निर्णय गर्न असक्षम भएपछि उहा राजिनामा नै माग गर्दै आउनु भएको छ ।