जनता टाइम्स

२ श्रावण २०७७, शुक्रबार १३:०५

नेकपाको स्थायी कमिटी बैठक साउन ४ गतेसम्म स्थगित, यस्तो छ कारण


काठमाडौँ, साउन २

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक साउन चार गतेसम्मका लागि स्थगित भएको छ । विहान ११ बजेबस्ने गरी बोलाइएको बैठक अध्यक्षद्वय छलफलमा जुटेकाले अपरान्ह ३ बजेसम्म स्थगित गरिएको थियो । तर, छलफलपछि बैठक साउन ४ गते अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले चार गतेसम्म बैठक सार्ने निर्णय गरेको छ । विहिवार वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि छलफलमा बोलाएपछि भाडिएको दुई अध्यक्षको बैठक आज भने सकरात्मक रुपमा अगाडी बढेको बताइएको छ । दुई अध्यक्षबीच आज पनि मंसिर ४ गतेको निर्णय कसरी कार्यान्वयन गर्ने भन्नेमा केन्द्रीत रहेको स्रोतको दावी छ ।

अध्यक्षद्वयले कसरी पार्टीलाई एकताबद्ध भएर लैजाने विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले मंसिर ४ गते सहमति अनुसार पार्टी संञ्चालन गर्न प्रचण्डलाई आग्रह गर्दै आउनु भएको छ । तर, नेपाल गुटसँग सम्बन्ध गास्नु भएका प्रचण्ड एकल निर्णय गर्न असक्षम भएपछि उहा राजिनामा नै माग गर्दै आउनु भएको छ ।