काठमाडौं, साउन ३ । सत्तारुढ नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुई अोटा काम भए पार्टीभित्र देखिएको बिवाद समाधान हुने बताउनु भएको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको बिवादको बिषयमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री पोखरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले एकता गर्दा भएको सहमति नविकरण गर्ने र अन्य नेताले सो सहमतिलाई अनुमोदन गर्ने काम नै बिवाद समाधानको उपयुक्त सूत्र भएको बताउनु भएको छ ।
‘पार्टी एकताको मर्म अनुसार अध्यक्षद्वयले सहमतीको नविकरण गर्ने र वाँकी नेताहरुले पार्टी र मुलुकको हित सोच्ने हो भने सहमती टाढा छैन,’ पोखरेलले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्