काठमाडौं, साउन ३
नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको लामो समयको विवाद सुल्झिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो छलफलपछि सहमति बनेको हो ।
सहमति बनेसँगै सचिवालय बैठक बोलाइएको प्रचण्ड निकट एक नेताले जानकारी दिनुभयो । उहाका अनुसार आजको सचिवालय बैठकले नयाँ सहमतिलाई अनुमोदन गर्नेछ । सो सहमति भोली बस्ने स्थायी कमिटी बैठकमा पेश हुनेछ ।
यद्यपी उहाले के सहमति भएको हो भनेर खुलाउनु भएन ।
‘के सहमति भयो भनेर त तपाईले पछाडी थाहा पाइहाल्नु हुन्छ नि’, उहाले अगाडी भन्नुभयो,‘तर, म यति भन्छु कि ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहनुहुन्छ ।’ नेकपाले आज अपरान्ह तीन बजे सचिवालयको बैठक बोलाएको छ । सो बैठकमा सहमतिका विषयमा थप छलफल हुने बताइएको छ । अध्यक्ष प्रचण्डले चितवन पुगेका बेला पनि आफु र अर्का अध्यक्ष ओलीबीच केही तत्वहरु खेल्न लागेको कुरा आफुले थाहा पाएको बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्