जनता टाइम्स

३ श्रावण २०७७, शनिबार १९:४१

नेकपामा यसी जुट्यो सहमित : प्रवक्ता श्रेष्ठ भन्नुहुन्छ–भोली ३ बजेसम्म कुर्नाेस (भिडियोसहित)


काठमाडौं, साउन ३

नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको लामो समयको विवाद सहमतितर्फ उन्मुख भएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलपछि आज बसेको सचिवालय बैठकमा सहमतिलाई अन्तिम रुप दिने कार्य भईरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ चार घण्टाभन्दा बढि बसेको सचिवालय बैठकमा सबैले खुलेर कुरा राख्नु भएको थियो । अध्यक्षद्वयले बैठकमा पार्टीको समस्या र संकटलाई सहमतिको आधारमा निकास दिएर पार्टी एकताको रक्षा गर्ने बताउनु भएको थियो । उहाहरुले राष्ट र जनताले दिएको जिम्मेवारी पनि पुरा गर्ने तिर अगाडी बढ्नुपर्छ त्यसका निम्ती गृहकार्य भएको छ अझै यो सचिवालयले पनि गृहकार्य गरौं भन्ने प्रस्ताव राख्नु भएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाले पार्टीमा देखिएको संकट र विवाद समाधानका लागि थप छलफल गर्दै गर्ने विषयमा समेत बैठकमा सहमति भएको बताउनु भयो । ‘पार्टी एकता रक्षा र सुदृढ गर्ने, नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न जनताले दिएको जनादेश अनुसार नै काम गर्ने गरी पार्टीको संकट निवारण गर्न थप छलफल गर्ने निष्कर्ष निकालिएको छ,’ श्रेष्ठले भन्नुभयो ।

सहमति बन्न लागेको हो भन्ने प्रश्नमा उहाले भोली अपरान्ह तीन बजेसम्म पर्खनुहोस् सबै कुरा थाहा पाउनुहुन्छ भनेर प्रतिक्रिया दिनुभयो । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको राजिनामाको विषय पार्टीको एजेण्डा पन नभएको र पार्टीले निर्णय पनि नभएको स्पष्ट पार्नुभएको थियो ।