जनता टाइम्स

४ श्रावण २०७७, आईतवार १२:४७

अस्मिता (जुरेली) को ‘मानिदेउन शिव जी’ मा नयाँ रुप


काठमाडौं, साउन ४

रस्लिङ्ग खेलसंगै कलाकारिता क्षेत्रमा अब्बल दख्खल राख्ने अस्मिता सुनार (जुरेली) ले आफ्नै आवाजमा तीज गीत निकाल्नुभएको छ । विभिन्न गीतको म्युजिक भिडियोमा अभिनय गर्नुभएको उहाँले टेलिश्रृंखलामा पनि उत्तिकै योगदान दिँदै आउनुभएको छ ।

रेस्लर समेत रहनुभएको उहाँले पहिलो पटक नेपाली हरितालिका तीजको अवसर पारेर गायन क्षेत्रमा पनि आफ्नो क्षमता देखाउँनुभएको हो । यसअघि तीज गीत बारीको पाटामा र बिच्च बिचमा-२ मा समेत अस्मिताले अभिनय गर्नुभएको थियो ।

हाल आफ्नै आवाजमा रेकर्ड गर्नुभएको ‘मानिदेउन शिव जी’ मा पनि आफैले अभिनय गर्नुभएको उहाँले बताउनुभयो । गायक एवं संगितकार ओम सुनारको संगीत रहेको यस गीत शिवम् अधिकारीले लेख्नुभएको हो ।

गीतमा दुर्गेश थापा, अस्मिता सुनार (जुरेली), लोमश शर्मा लगायतका कलाकारहरुको अभिनय हेर्न पाइने संगितकार सुनारले सुनाउनुभयो ।