जनता टाइम्स

५ श्रावण २०७७, सोमबार १४:१९

ललितपुरको गोदावरी नगरपालिकामा अख्तियारको छापा, यस्तो छ कारण


ललितपुर, साउन ५ । ललितपुरको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले संयुक्तरुपमा छापा हानेका छन् ।

प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग रकम लिँदालिदै अख्तियारले छापा हानेको थियो । प्रमुख कार्यकारी अधिकृत र ओभरसियर नै घुसमा संलग्न भएपछि अख्तियारले नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान अघि बढाएको छ । अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ ।