डोल्पा, जेठ ११
जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्कबापत् मध्यवर्ती क्षेत्रभित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्लाभित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकिएको छ ।
त्यसबाहेक मध्यवर्ती क्षेत्रले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ । निकुञ्जले छोडपुर्जी दस्तुरबापत रु ३० हजार तोकेको छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्