जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार ११:२१

नेकपा स्थायी कमिटी बैठक केही घण्टा पछि धकेलियो


काठमाडौं, साउन ६

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक दुई घण्टा पछाडी धकेलिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठोस सहमतिको प्रयास जारी रहेकाले बैठक १ बजे बस्ने नेताहरुले जानकारी दिनुभएको छ ।

सरकारको कामकारवाही, अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय राजनीतिका थुप्रै मुद्धा छाडेर एकाएक प्रधानमन्त्रीको राजिनामा छिराएपछि बैठक अवरुद्ध हुदै आएको छ । अहिले सो मुद्दा महाधिवेशनमा आएर केन्द्रीत भईरहेको छ । सहमतिका लागि नेकपामा अध्यक्षद्वयबीच निरन्तर छलफल भएपनि ठोस सहमति भई नसकेको नेताहरुले जानकारी दिएका छन् ।

अधिकांश विवादित विषय छलफलकै क्रममा रहेको र सहमति भईनसकेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । गत असार १० गते शुरु बैठक त्यसयता ७ पटक सम्म स्थगित भईसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्ली महाधिवेशन गर्न आह्वान गरेपनि दाहाल पक्षले सहमति जनाईसकेको छैन । अधिकांश सदस्यले स्थायी कमिटीबाटै विवादित विषयलाई टुङग्याउने पर्ने बताउँदै आएका छन् ।