भक्तपुर, साउन ६ । धेरैजसो ठाउँमा सुनिन्छ, संघीय संसदमा जिताएर पठाएका आफ्ना प्रतिनिधि फेरि चुनावको बेला मात्रै मुख देखाउन आइपुग्नछ र पुरानै आश्वासन बाँडछन । तर भक्तपुर २ मा भने बिल्कुलै फरक छ । यस क्षेत्रका जनप्रतिनिधि रहनुभएका नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेत भने सधै जनताकै बीचमा हुन्छन ।
आफ्नो क्षेत्रमा जतिबेला पनि जहाँ जनतालाई दुःख वा पीडा हुन्छ, त्यहाँ पुग्छन, प्रतिनिधिसभाका सांसद महेश बस्नेत । पछिल्लो समय यस क्षेत्रमा बाढी र डुवानको समस्या देखिएको छ । वर्षायाम सुरुभएसँगै हनुमन्ते नदी आसपासका क्षेत्रहरु डुवान सुरु भइसकेको छ । जसले गर्दा नदी आसपासका जनतालाई सास्तीको दिन आएको छ । प्रत्येक वर्ष डुवान, वाढी पहिरोको समस्या झेलिरहेका भक्तपुरका जनताले हनुमन्ते नदीको कोरिडोर बनेसँगै केही मात्रामा भए पनि राहत हुने निश्चित छ ।
दुई अर्व बजेट विनियोजन भएता पनि बस्नेतको हाइट घटाउन भन्दै केही स्वार्थी जनप्रतिनिधिका कारण उक्त कोरिडोर निर्माणले अपेक्षाकृत उपलब्धी हासिल गर्न सकेको छैन । त्यही कारण सोमवार रातिदेखि परेको अविरल बर्षातका कारण सूर्यविनायक नगरपालिका वडा नं ७ लगायतका विभिन्न स्थानहरुमा गएको बाढीले जनतालाई दुःख दिएको छ । त्यो दुःखलाई पन्छाउन सांसद बस्नेत नै अग्रसर हुनुभएको छ । उहाँकै नेतृत्वमा स्थानीय बासिन्दाहरुको सहयोगमा बाटोमा भएका अवरोधहरु हटाइ सवारी सुचारु गर्ने काम सम्पन्न गरिएको छ । सांसद बस्नेत जनताको दुःख वा पिडाले दुखेको घाउमा मलम लगाउन अहोरात्र खटिरहनुभएको छ ।
भक्तपुरको विकास र समृद्धिको लाईफ चेन्जर तथा अरनीको राजमार्गमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्ने महत्वपूर्ण सडकको रुपमा हेरिएको हनुमन्ते नदीको कोरिडोर कुनै पनि हालतमा बनाएरै छाड्ने उदघोषका सांसद बस्नेत अहोरात्र खटिरहनुभएको छ भने केही जनप्रतिनिधिहरु कोरिडोर निर्माणको कार्यलाई रोकी जनताको भाग्य र भविष्यमाथि खेलवाड गर्न तल्लिन रहेका छन् ।
शासक नभई जनताको सेवक बन्ने उद्घोषका साथ जनताको विकास र समृद्धिको साथमा अघि बढ्नुभएका सांसद बस्नेतले जनताको दुःख सुखको सारथिको रुपमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । वर्षाका कारण समस्या पैदा भएका स्थान, सडक, डुवान, बाढी पहिरोका कारण समस्या उत्पन्न भएका ठाउँहरुमा सांसद बस्नेतले झरीको समयमा रातदिन नभनी जनताको सेवामा नै खटिनुभएको छ । वर्षाका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सांसद बस्नेतको नेतृत्वमा दुर्घटना हुनुपूर्व सर्तकता तथा त्यसबाट बच्ने उपायहरुको बारेमा स्थलगत अनुगमन तथा प्राविधिक कार्यहरुको समेत व्यवस्था गरिएको छ । सकेसम्म दुर्घटना हुनै नदिने र भइगएमा पनि ठूलो दुर्घटना हुन नदिने रणानीतिका साथ सांसद बस्नेतको नेतृत्वमा भक्तपुरका सम्पूर्ण प्रहरी प्रशासन, नेपाली सेना, उद्धार टोली, राहत तथा अन्य विभिन्न प्रकारका जोखिमलाई न्युनिकरण गर्न लागि परेका हुन ।
सांसद बस्नेतले आज सूर्यविनायक नगरपालिका वडा नं ५ को गडेधारा र त्वयना टोलमा घट्टे खोलाको बाढी पसेर भएको क्षतिको झरीकाबीच नै अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा स्थानीयवासीको घर तथा वासस्थानमा भएको समस्यालाई तत्कालको लागि अस्थायी रुपमा समाधान गरी दिर्घकालिन समाधानको बाटोमा अघि बढ्ने बताउनु भएको छ । वर्षाका कारण आएको बाढी वस्तीमा पसी समस्या उत्पन्न भएको छ । जसको लागि हाल नेपाली सेनाका कर्नेल सिवप्रसाद पौडेलको नेतृत्वमा रहेको टोलीले समस्या समाधान तथा व्यवस्थापनका कामहरु गरिरहेको छ । अनुगमनका क्रममा सांसद बस्नेतको साथमा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, वडा अध्यक्ष उत्तम थापा तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्