जनता टाइम्स

६ श्रावण २०७७, मंगलवार १९:३६

बुधबारबाट सवारीको जोर विजोर प्रणाली हट्यो


काठमाडौं, साउन ६

बुधबारबाट निजी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटेको छ । सरकारले लकडाउन अन्त्य गरेसँगै निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको हो ।

मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको हो । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।