जनता टाइम्स

७ श्रावण २०७७, बुधबार १४:१५

पुष्पलाल स्मृति दिवसमा इटहरी उपमहानगरले गर्यो बृक्षरोपन


इटहरी, साउन ७ । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसका अवसरमा इटहरी उपमहानगरले वडा नम्वर १४ नरभासामा वृक्षरोपण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धर्म निरौला, विशिष्ठ अतिथि संविधानसभा सदस्य अनिता परियार, मेयर द्धारिकलाल चौधरीलगायत जनप्रतिनिधि राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षरोपण गर्नुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि निरौलाले रोपिएका विरुवा जोगाउन सके मात्र वृक्षरोपण सफल हुने वताउनुभयो । उहाँले रुख जीवनको एक आधार भएकाले संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । विशिष्ठ अतिथि परियारले संमृद्धिलाई निष्कर्षमा पुर्याउन पुष्पलालले सिकाउनु भएको समन्वय र सहकार्यलाई ब्यवहारमा उर्तान सक्नुपर्नेमा जोड दिनुभयो । मेयर चौधरीले गाँउका जनतालाई उपमहानगरवासी भएको अनुभूत हुने गरी काम भइरहेको प्रष्ट पार्नुभयो ।

उहाँले मदन स्मृति दिवस, वीपीस्मृति दिवस र पुष्पलाल स्मृति दिवसका अवसरमा गाँउमा वनेका सडक किनारामा वृक्षारोपण गरिएको वताउनुभयो । वडाध्यक्ष रमेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य दुःखीलाल चौधरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभयो ।