काठमाडौं, साउन ७
करोडौं रुपैयाँ तिर्नुपर्ने भएपछि अपहरणको नाटक गर्ने एक व्यक्ति राजधानीबाट पक्राउ परेका छन् । काठमाडौंको चुनदेवीमा बस्ने ३० वर्षिय शक्तिराज रेग्मीलाई प्रहरीले नयाँ बसपार्क क्षेत्रमा रहेको एक होटलबाट पक्राउ गरेको हो ।
उनको अपहरणको नाटक र पक्राउ पर्दाको अवस्था देखेर प्रहरी आफै अचम्मित भएको छ । शुरुमा साउन २ गते प्रहरीमा एउटा निवेदन पर्यो । का.जि.का.म.न.पा.वडा नं.०४ चुनदेवि बस्ने वर्ष ३० को शक्तिराज रेग्मी असार २४ गते देखि हराएकोमा अपहरण परेको हुन सक्ने भन्ने व्यहोराको निवेदन परेको थियो । महानगरीय अपराध महाशाखामा निवेदन परेपछि अनुसन्धान तथा खोजतलास गर्ने क्रममा साउन ६ ग गते राती उनि फेला परे ।
रेग्मी फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा अपहरण नाटकको राज खुल्यो । असार २४ गते गते विहान ६ बजे रेग्मी घरबाट निस्की सम्पर्क विहिन भई अपहरणको नाटक गरेर प्रहरीमा उजुरी हाल्न लगाएको खुल्यो । अपहरणमा परेको भनि रेग्मी चाँही नयाँ बसपार्क स्थित सुगन्ध होटलमा केटीसँग बसेका थिए । प्रहरीले उनलाई पक्राउ पर्ने बित्तिक्कै मौखिक रुपमा उनले सबै कुरा बताईदिए ।
बिभिन्न ब्यक्तीहरूसँग जग्गा ब्यबसाय गर्छु भनि करोडौ रुपैयाँ लिएका रहेका छन् । रकम लिएपछि सो तिर्नु नपरोस भनि अपहरणको नाटक गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई अपहरणमा नपरेको तथा प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्