जनता टाइम्स

११ जेष्ठ २०७६, शनिबार १३:४५

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा श्रृंखला खतिवडा


काठमाडौं, जेठ ११

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त हुनुभएको छ । काठमाडौंमा शुक्रवार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले उक्त घोषणा गर्दै खतिवडालाई उदय गाडीको साँचो हस्तान्तरण गर्नुभयो । उदय गाडी वातावरण मैत्री विद्युतीय गाडी हो । अग्नि इन्कर्पोरेटेडको ब्राण्ड एम्बेसडरमा आबद्ध हुन पाएकोमा पूर्व मिस नेपाल श्रृंखला खतिवडाले खुशी व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई विद्युतीय गाडी धेरै वर्ष अघिदेखि मन परेको बताउनुभयो । अग्नि इन्कर्पोरेटेडले विगत तिन वर्षदेखि महिन्द्रा बोलेरो पिक–अप खरीद गरी उद्यम सञ्चालन गर्दै आएका २५ जना बोलेरो पिक–अप ग्राहकहरूका एसईई दिएर बसेका उत्कृष्ट २५ छोराछोरीहरूलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार रकम तथा प्रशंसा पत्र कार्यकारी निर्देशक शर्मा र खतिवडाले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो ।