जनता टाइम्स

८ श्रावण २०७७, बिहीबार २१:४९

दही किन्न निस्किएकी २२ वर्षीया युवतीमाथी राजधानीमा तेजाब प्रहार


काठमाडौं, साउन ८

काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीमाथि आज राति तेजाब प्रहार भएको छ । पसलमा दही किन्न निस्कीएकी पवित्रा कार्कीमाथी राति पौने ९ बजेतिर तेजाव प्रहार भएको हो ।

राति सीतापाइलामा ओखलढुङ्गाकी कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो । तेजाव प्रहार भएलगत्तै उनलाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ । तेजाब अनुहारमा परेको जानकारी आएको प्रहरीले बताएको छ ।

तेजाब प्रहार गर्ने व्यक्ति पक्राउ परेका छैनन् । कसले प्रहार गरेको भनेर नखुलेको प्रहरीले जानकारी दिएको छ । यद्यपी उनको खोजीकार्य जारी रहेको एसएसपी ज्ञवालीले जानकारी दिनुभयो ।